Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रधानमन्त्री प्रचण्डद्वारा मौलाकाली केबलकारको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा मौलाकाली केबलकारको उद्घाटन


  • 2.1K
    Shares

    प्रधानमन्त्री प्रचण्डद्वारा मौलाकाली केबलकारको उद्घाटन
    images

    नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट(मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको केबलकारको प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताए ।

    केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली  केबलकार प्रालिले सञ्चालनमा ल्याएको हो । गैंडाकोट–१ देखि माथि मौलाकाली मन्दिरसम्म एकतर्फी १२ सय मिटर (१.२ किलोमिटर) रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला (डब्बा) रहेका छन् । १२ सय मिटरको दुरीमा रहेको केबलकारमा ६ वटा स्टेसन टावर राखिएको छ ।

    केबलकारको बेस स्टेसनमा सामान्य होटलसहित टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल निर्माण गर्दैछ । सो होटल निर्माण कार्य अहिले जारी रहेको मौलाकाली केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

    ६० कोठासहित ४ हजार ५ सय जना अट्ने सभा हलको सुविधासम्पन्न होटलमा स्वीमिङ पुलसहित रुफटपमा हेलिप्याड लेण्डिङ स्टेसन समेत रहनेछ । गर्मी सिजनमा नारायणगढ, भरतपुर र आसपासका क्षेत्रमा अत्यन्त गर्मी हुने हुँदा विकल्पको रुपमा माथि हाइटमा पनि  खानबस्न सकिनेगरी होटल निर्माण गरिएको ढकालले बताए ।

     
    सुविधा सम्पन्न होटलसहितको केबलकारको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ५१ प्रतिशत (मेजुरिटी) सेयर आईएमई ग्रुपको रहेको छ भने बाकी ४९ प्रतिशत स्थानीयहरुको रहेको छ । केबलकार विश्व प्रसिद्ध अस्ट्रेलियन प्रविधिमार्फत निर्माण गरिएको कम्पनीले जनाएको छ । चन्द्रागिरी केबलकार र मनकामना केबलकारको निर्माण समेत यहीँ प्रविधिमार्फत गरिएको हो ।

    कम्पनीले केबलकारले नयाँ संरचनाको मात्र विकास नगरेर रोजगारीको समेत विकास गरेको बताएको छ । होटलसहितको केबलकारले थप चार सय नयाँ रोजगारीको सिर्जना गरेको कम्पनीको दाबी छ ।

    प्रकाशित मिति :बैशाख १८ २०८० सोमवार - १०:५७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij