Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

धादिङमा बस दुर्घटना हुदाँ ८ जना घाइते

धादिङमा बस दुर्घटना हुदाँ ८ जना घाइते


  • 8.2K
    Shares

    धादिङमा बस दुर्घटना हुदाँ ८ जना घाइते

    धादिङ । धादिङमा बस दुर्घटना भएको छ । धादिङवेशी सल्यानटार सडक खण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका-८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना भएको हो ।

    दुर्घटनामा परी ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ जादैँ गरेको बा ४ ख ४१५२ नम्बरको बस दुर्घटना भएको हो ।

    घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ७ की हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु घाइते भएका छन् ।

    बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १४:४८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij