Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शनिवारको दिन कुन राशिले के गर्ने ? के नगर्ने ?

शनिवारको दिन कुन राशिले के गर्ने ? के नगर्ने ?


  • 2.4K
    Shares

    शनिवारको दिन कुन राशिले के गर्ने ? के नगर्ने ?
    images
    शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नु पर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ भने केही काम गर्नबाट बच्नु पर्दछ ।
     
    मेष राशि
    यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकता भन्दा बढी धन खर्च गर्नबाट बच्नु पर्दछ ।
     
    वृष राशि
    यस राशिका जातकले शनिवार धन लाभको नयाँ अवसर पाउनेछन् । यस दिन सानातिना प्रलोभनबाट आफूलाई बचाउने कोसिस गर्नु पर्दछ ।
     
    मिथुन राशि
    यस राशिका जातकले शनिवार शिक्षा क्षेत्रमा लाभ पाउनेछन् । यस दिन चाँडै सफलता पाउने नाममा कुनै अनुचित कार्य गर्नबाट बच्नु पर्दछ ।
     
    कर्कट राशि
    यस राशिका जातकले शनिवार व्यापार सम्बन्धित इमानदारीका साथ गर्ने अवसर पाउने छन् । साथै समयै आफ्नो जिम्मेदारी पुरा गर्ने प्रयत्न गर्नु पर्दछ ।
     
    सिंह राशि
    यस राशिका जातकले शनिवार दिएको धन प्राप्त हुने योग बन्ने छ । तर अनावश्यक खर्चमा कटौती भने गर्नुपर्ने हुन्छ ।
     
    कन्या राशि
    यस राशिका जातकले शनिवार सम्बन्ध विस्तारको अवसर पाउनेछन् । यस दिन व्यापार कार्य गर्दा सोचविचार गर्नुपर्ने हुन्छ ।
     
    तुला राशि
    यस राशिका जातकले शनिवार राजनीतिक विषयबाट टाढा रहन प्रयास गर्नु पर्दछ । यस दिन मनमा आएको नौलो काम गर्ने इच्छालाई कार्यान्वयन ल्याउनु पर्दछ ।
     
    वृश्चिक राशि
    यस राशिका जातकले शनिवार चाँडै धन कमाउन गलत योजनामा पुँजी निवेश गर्नु हुँदैन । अध्ययनमा राम्रो हुने भएकाले यस दिन पढाइको क्षेत्रमा समय खर्चनु पर्दछ ।
     
    धनु राशि
    यस राशिका जातकले शनिवार कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् । यस दिन परिवार लगायत नजिकका मानिससँग मित्रवत् व्यवहार गर्नबाट चुक्नु हुँदैन ।
     
    मकर राशि
    यस राशिका जातकले शनिवार व्यापार वा घरजग्गाको कारोबार गर्दा आफू भन्दा वरिष्ठको सल्लाह लिनु पर्दछ । साथै यसको कारोबार सम्पन्न गर्न यो दिन उचित मानिन्छ ।
     
    कुम्भ राशि
    यस राशिका जातकले शनिवार स–साना कुरामा रिसाउनबाट बच्नु पर्दछ । यस दिन आफ्नो बदलिँदो विचारमा हतारमा काम गर्नबाट पनि बच्नु पर्दछ ।
     
    मीन राशि
    यस राशिका जातकले शनिवार आफ्नो दिनचर्यामा परिवर्तन गर्ने प्रयास गर्नु पर्दछ । आर्थिक कार्यमा हुने चिन्ताबाट मन हटाएर व्यापारमा ध्यान दिनु पर्दछ ।

    प्रकाशित मिति :बैशाख ९ २०८० शनिवार - ०४:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij