२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ महानगरपालिकाले महानगरका चोकचोकमा सीसीटीभी राख्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ।
महानगरका प्रमुख (मेयर) बालेन शाहले आफूले चुनाव लड्ने बेला गरेको वाचाअनुरूप महानगरका चोकचोकमा सीसीटीभी जडान र सञ्चालनका लागि नेपाल प्रहरीलाई ६ करोड उपलब्ध गराएको जानकारी दिएका छन्।
‘चुनाव पहिले मैले भनेको थिएँ चोकचोकमा सीसीटीभी हाल्नेछु, यसको सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ’, मेयर शाहले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।
मेयर शाहका अनुसार सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई बजेट उपलब्ध गराएको हो।
मेयर शाहले लेखेका छन्, ‘यो सुरुवात मात्र हो, हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij