२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०३ जना कोरोना संक्रमित थपिएका छन्। १६ सय ४५ नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।
यसैगरी आज ६१ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ९५८ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ छ। यीमध्ये संस्थागत आइसोलेसनमा ३६ जना छन् भने अस्पतालको आइसीयूमा ८ र भेन्टिलेटरमा ३ जना छन्।
हिजो बुधबार देशभर १०८ जना संक्रमित थपिएका थिए र ६६ जना संक्रमणमुक्त भएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij