Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सवारी दुर्घटनामा एकैपरिवारका दुईजनाको मृत्यु

सवारी दुर्घटनामा एकैपरिवारका दुईजनाको मृत्यु


  • 1.9K
    Shares

    सवारी दुर्घटनामा एकैपरिवारका दुईजनाको मृत्यु

    सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकैपरिवारका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो ।

    लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    बुधवार सोही ठाउँबाट झन्डै १५ किलोमिटर दुरी रहेको माइस्थान-गौशाला-सम्सी सडक खण्डमा पनि दुर्घटना भएको थियो । बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१-००४-प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एकैपरिवारका तीनजनाको मृत्यु भएको थियो। २४ घण्टाको अवधिमा पूर्वपश्चिम राजमार्ग नजिकै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८० बिहिवार - १२:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij