Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता


  • 2.5K
    Shares

    प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता
    images

    संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो ।

    भेट अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको हो । उहाँ केही दिनयता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा भेट भएको हो ।

    उहाँहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १०:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij