Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र देउवा बालकोटमा

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र देउवा बालकोटमा


  • 2.1K
    Shares

    ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र देउवा बालकोटमा
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

    अध्यक्ष ओली अस्वस्थ भएकाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा छलफलका लागि ओली निवास बालकोटमा जानुभएको हो ।

    साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुग्नुभएको छ । विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

    आइतवार बिहान सभामुखले बालकोटमा बैठक बोलाए पनि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन।

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १०:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij