२०८२ माघ ८ गते बिहिवार
बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जना युवकको घाँटी रेटेर हत्या भएको छ । दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय वासुदेव जोशीको घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिको परिचय खुलिसकेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रेमबहादुर शाहीले बताएका छन् । शनिबार साँझ बाटो ढुकेर बसेका व्यक्तिले उनको हत्या गरेको उनको परिवारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij