Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अनमीमा नाम निकाल्दिन्छु भन्दै एक कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

अनमीमा नाम निकाल्दिन्छु भन्दै एक कर्मचारीले घुस मागेको अडियो सार्वजनिक


  • 1.8K
    Shares

    अनमीमा नाम निकाल्दिन्छु भन्दै एक कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

    चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारीले घुस मागेको अडियो सार्वजनिक भएको छ ।

    नगरपालिकामा जागिर लगाइदिन्छु भन्दै सोही नगरपालिकाका कर्मचारी देवप्रकाश राईले एक व्यक्तिसँग घुस मागेको अडियो सार्वजनिक भएको हो ।

    उनले ती व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको नगरपालिकाले जनाएको छ । उनले जागिरमा लगाइदिने भन्दै डेढ लाख पैसा मागे पनि ती व्यक्तिले आफूसँग अहिले ५० हजार मात्रै भएको र बाँकी पैसा १० दिनभित्र दिन्छु भन्दा उनले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् ।

    नगरपालिकाले नगर अस्पतालका लागि कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै उनले घुस मागेका हुन् ।

    हेर्नुहोस् विज्ञप्ति :

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १४:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij