Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

बालेनको चुनौती – काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्

बालेनको चुनौती – काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्


  • 2.3K
    Shares

    बालेनको चुनौती – काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् ।

    काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।

    उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

    उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १२:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij