२०८२ मंसिर १ गते सोमवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पैसाको लेनदेन नभएको बताएका छन्।
बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबिच पैसाको लेनदेन नभएको बताएका हुन् । घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको उनको भनाइ छ ।
उनले भने, ‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो । त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौँ। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौँ, पद्धतिलाई हेरेर निर्णय गरेका हौँ । एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएन ? भ्रष्टाचारलाई शून्य सहनशीलताको रूपमा लियो कि लिएन ? गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्यो । यसले भोग्नुपरेका समस्याहरू यसमाथि लगाइएका बारहरू सम्भवतः राजनीतिक दलहरूले ७० वर्षसम्म पनि पार गरेका छैनन् होला तर यी सबै घुम्तीहरूलाई हामीले पार गर्दै आयौँ ।’
उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij