२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फको मतगणना सकिएको छ।
उम्मेदवार रामचन्द्र संघाईको ६१३, अन्जन श्रेष्ठको ५७३ र उमेशलाल श्रेष्ठको ४२६ मत आएको छ। उम्मेदवार संघाईले ल्याएको मत भने कुल मतको ५० प्रतिशत पुग्दैन। उनले ल्याएको मत ३७ प्रतिशत हो।
एसोसिएटतर्फ १६३० मत खसेको थियो भने १८ मत बदर भएको थियो। जिल्ला/नगर र वस्तुगततर्फको मतगणना हुन बाँकी नै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij