Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

उद्योग वाणिज्य महासंघ चुनाव: एसोसिएटको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र विजयी, दोश्रो चरणको मतदान हुने!

उद्योग वाणिज्य महासंघ चुनाव: एसोसिएटको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र विजयी, दोश्रो चरणको मतदान हुने!


  • 1.8K
    Shares

    उद्योग वाणिज्य महासंघ चुनाव: एसोसिएटको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र विजयी, दोश्रो चरणको मतदान हुने!
    images

    काठमाडौँ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणकाे मतदान हुने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ । तर ३ जना उम्मेदवारबीच भएको चुनावी भिडन्तमा एक उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो चरणको चुनाव हुने निश्चित भएको हो । 

    एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघईले  सबैभन्दा धेरै मतभार प्राप्त गरेका थिए । संघईले ६१३ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षको चुनावमा एसोसिएटतर्फको मतभार ३० छ । यसपछि जिल्ला नगरतर्फको मतगणनामा अन्जान श्रेष्ठको धेरै मतभार छ । जिल्लानगरतर्फ श्रेष्ठले ४७ मत ल्याएका छन् । सो समूहको मतभार ५० प्रतिशत हुन्छ । 

    यसैगरी वस्तुगततर्फ उमेशलाल श्रेष्ठले ६९ मत ल्याएका छन् । तीन समूहमै आएको मतभार गणना गरेपछि पहिलो चरणबाटै बाहिरिने प्रतिष्पर्धी टुङ्गो लाग्ने छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७९ बिहिवार - १०:३५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij