२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । गुगलले मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको १४ औं संस्करणको बेटा संस्करण सार्वजनिक गरेको छ । चार पटक बेटा संस्करण सार्वजनिक गर्ने योजना अनुसारको पहिलो चरणमा गुगलले बुधबार एन्ड्रोइडको १४ औं संस्करण सार्वजनिक गरेको हो ।
एन्ड्रोइडका अघिल्ला संस्करणहरू जसरी नै एन्ड्रोइड १४ को बेटा भर्जन जोसुकैले पनि इन्स्टल गर्न सक्नेछन् । यो पिक्सेल फोनमा पनि उपलब्ध रहेको छ ।
गैर एन्ड्रोइड फोनहरूको लागि भने अझै पनि कुनै आधिकारिक सहयोग रहेको छैन । ध्यान रहोस् कि यो बेटा भर्जन खासगरी डेभलपरहरुका लागि हो, जसले यसमा आफ्नो एपहरु टेस्ट गर्न सक्छन् । साधारण प्रयोगकर्ताहरुले भने स्टेबल रिलिजकै लागि कुर्नु उपयुक्त हुन्छ ।
बेटा संस्करणमा धेरै नयाँ सुविधाहरू भने देखिएका छैनन् । तर, एक महत्वपूर्ण मान्न सकिने नयाँ भनेको ब्याक एरो रहेको छ । यसले कुनै पनि एपहरु चलाइरहँदा ब्याक गर्न सजिलो अनुभव दिनेछ र यो एरोको रंग वाल पेपर एवं थिम अनुसार फेरिनेछ ।
यसबाहेक एन्ड्रोइड १४ कस्तो छ भनेर, आउँदा दिनहरुमा सुनिने नै छ र खासगरी आउँदो महिना मेमा हुने गुगलको इन्पुट आउटपुट सम्मेलनबाट यसबारे थप जानकारीहरु सार्वजनिक हुनेछन् । सबै बेटा रिलिज सकिएपछि जुलाई एन्ड्रोइड १४ को स्टेबल भर्जन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij