२०८२ माघ १३ गते मंगलवार
नेपाल प्रहरी नायव महानिरीक्षक (डीआई) को रिक्त संख्या १३ मा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो।
डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।
यस्तै भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि बढुवाका लागि सिफारिस गरिएको छ। २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij