Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

च्याटजीपीटीको बग पत्ता लगाउनेलाई २६ लाखसम्म पुरस्कार दिँदै ओपन एआई

च्याटजीपीटीको बग पत्ता लगाउनेलाई २६ लाखसम्म पुरस्कार दिँदै ओपन एआई


  • 2.4K
    Shares

    च्याटजीपीटीको बग पत्ता लगाउनेलाई २६ लाखसम्म पुरस्कार दिँदै ओपन एआई
    images

    काठमाडौं । अहिलेको चर्चित एआई टुल च्याटजीपीटीको सुरक्षा कमजोरी (बग) पत्ता लगाउने व्यक्तिलाई ओपनएआईले सम्मान गर्ने भएको छ ।

    ‘बग बाउन्टी प्रोग्राम’ घाेषणा गर्दै ओपनएआईले च्याटजीपीटीभित्र रहेका कमजाेरी रिपाेर्ट गर्न आह्वान गरेकाे छ । प्लेटफर्ममा भएका कमजोरी वा त्रुटि पत्ता लगाउन कम्पनीले बगक्राउडसँगको साझेदारीमा सो कार्यक्रमको घोषणा गरेको हो ।

    एक ब्लग पोष्ट लेख्दै बग पत्ता लगाउनेलाई संवेदशिलताको आधारमा कम्पनीले २०० डलरदेखि २० हजार डलरसम्म (करिब २६ हजारदेखि २६ लाख रुपैयाँसम्म) को पुरस्कार दिने घाेषणा गरेकाे छ । 

    गत महिना एउटा बगका कारण ओपनएआईले च्याटबटलाई केही समयका लागि बन्द गरेको थियो । यसकारण प्लेटफर्ममा थप बग हुनसक्ने र तिनको समाधान नगरे ठूलो दुर्घटना हुनसक्ने भएकाले सो कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ ।

    यसका लागि ओपनएआईले विश्वभर रहेका सेक्युरिटी अनुसन्धानदाता, इथिकल ह्याकर र प्रविधिमा रुचि राख्ने जो कोहीलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । यदि तपाईं पनि बग बाउन्टीमा रुचि राख्नुहुन्छ भने यहाँ क्लिक गरी उक्त कार्यक्रममा सहभागी जनाउन सक्नुहुन्छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १६:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij