Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

रौतहटमा झडप हुँदा ४ प्रहरी र एक प्रदर्शनकारी घाइते, १२ राउन्ड हवाई फायर

रौतहटमा झडप हुँदा ४ प्रहरी र एक प्रदर्शनकारी घाइते, १२ राउन्ड हवाई फायर


  • 1.8K
    Shares

    रौतहटमा झडप हुँदा ४ प्रहरी र एक प्रदर्शनकारी घाइते, १२ राउन्ड हवाई फायर
    images

    रौतहटमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन्। 

    बुधबार दिउँसो गरूडा नगरपालिकामा आन्दोलन गर्न आएका स्थानीय र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर अर्यालले जानकारी दिए।

    यस्तै एक जना प्रदर्शनकारी पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा गजेन्द्र प्रसाद यादव छन्। उनलाई गोली लागेको हो कि होइन भन्ने यकिन हुन बाँकी छ।

    प्रहरीले यस घटनामा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयर उम्मेदवार बनेका गरूडा-७ का दिपक यादव, अभिनाश यादव, दिलिप यादव र अनिल जैसवाल छन्।

    सार्वजनिक सुनुवाइको विरोध गर्दै  मेयर उम्मेदवार बनेका यादव नगरपालिका परिसरमा पुगेका थिए।

    ‘उहाँहरूले प्रदर्शन शान्तिपूर्ण नै हुन्छ भन्नुभएको थियो। तर ढुंगामुढा गर्न थाल्नुभयो,’ उनले भने,‘चार प्रहरी र एक प्रदर्शनकारी घाइते छन्।’

    प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउन्ड टियर ग्यास र १२ राउन्ड हवाई फायर समेत गरेको छ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १५:५१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij