Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सम्पन्न भयो कोका–कोला मोमोत्सवको आठौँ संस्करण

सम्पन्न भयो कोका–कोला मोमोत्सवको आठौँ संस्करण


  • 2.2K
    Shares

    सम्पन्न भयो कोका–कोला मोमोत्सवको आठौँ संस्करण
    images

    नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकलाई सेलेब्रेट गर्दै कोका–कोला मोमो उत्सवको आठौँ संस्करण सम्पन्न भएको छ। 

    ‘कोक+मोमोको स्टोरिजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ। 

    यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौँ, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएकोे थियो। 

    भक्तपुरमा ‘भक्तपुर कुकिंग’ कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्टमा थियो, जहाँ ४४००+ भन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तिनै सहरका उत्कृष्ट  मोमोका स्वादहरु लिने अवसर पाएका थिए। 

    यससँगै कोक मोमोरी फेस्ट अब १८,५००+ भन्दा बढी उपभोक्ताहरूलाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ। 

    कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ। 

    फेब्रुअरी १५ मा सुरु भएको यस अभियानमार्फत कोका–कोलाले नेपालभरका १००० भन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट  मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १५:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij