Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार


  • 6.4K
    Shares

    भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

    बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।

    घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले हत्या गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए ।

    ती छात्रले मारेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र हत्यारा साबित गर्न खोजिएको उनले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्यले अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ ।

    यता, प्रहरीले १३ दिनपछि आरोपितलाई सार्वजनिक गरे पनि यहाँका अधिकारकर्मीले आशंका व्यक्त गरेका छन् । एक्लै किशोरले सडकबाट धकेलेर खोल्सीमा लगी दिनदहाडै मार्ने सम्भावना काम भएको भन्दै प्रहरीले अझै गहिरिएर अनुसन्धान गनुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - ०८:३४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij