Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

उद्योग वाणिज्य महासंघको निर्वाचन: मतदान जारी, को-को छन् मैदानमा ?

उद्योग वाणिज्य महासंघको निर्वाचन: मतदान जारी, को-को छन् मैदानमा ?


  • 1.8K
    Shares

    उद्योग वाणिज्य महासंघको निर्वाचन: मतदान जारी, को-को छन् मैदानमा ?
    images

    निर्वाचनमार्फत आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यहरु चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्व सम्हाल्दैछन् ।

    वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् ।

    अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् । उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् ।

    महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणअन्तर्गत बिहाबार फेरि मतदान हुने महासंघले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १३:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij