Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


  • 8.3K
    Shares

    प्रचण्ड र  चिनियाँ  राजदूत यान्छीबीच  भेटवार्ता

    काठमाडौं ।  नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएकाे छ ।

    सोमवार (आज) बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजदूत यान्छीबीच भेटघाट भएको छ । यान्छी बिहान प्रचण्ड निवास खुमालटार पुगेकी थिइन् । उनीहरुबीच केके कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन् ।

    यसअघि राजदूत यान्छीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् ।नेकपाभित्रको आन्तरिक द्वन्द चुलिएका बेला प्रचण्ड र यान्छीबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    गएको १७ वैशाखमा पनि नेकपा सचिवालय बैठकमा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि चर्किएको विवाद राजदूत यान्छीको ‘ईन्ट्री’ सँगै साम्य भएको थियो ।

    यान्छीले त्यसबखत राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

    त्यतिमात्रै होईन फेरि १६ असारमा नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको विवाद २१ असारमा नेता नेपालसँग, २३ असारमा खनालसँग, २५ असारमा प्रचण्डसँग यान्छीले भेट गरेपछि थामथुम भएको थियो ।

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १२:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij