Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

सात हजार २०० हेक्टर जमीनमा सिँचाइ


  • 10.0K
    Shares

    सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

    सर्लाही । आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पुर्याइएको छ ।

    वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास  डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले  हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा  एक हजार ५०० स्यालोट्युवेल जडान गरेको छ । 

    कार्यालय स्थापना भएको हालसम्ममा रौतहटमा ४१ वटा डिपबोरिङ र एक हजार स्यालोट्युवेल जडान गरी सिँचाइ सुविधा पुर्याएको छ । जमीनमा पानीको लियर निकै तल गइसकेकाले धेरै तल गएर पानी निकाल्नुपर्ने अवस्था रहेको सो कार्यालयका इन्जिनीयर मनोज खतिवडाले जानकारी दिनुभयो । जसका कारण विगतको तुलनामा जडान खर्च पढेको छ ।

    सामान्यतः एउटा डिपबोरिङ जडान गर्न रु एक करोड २५ लाख तथा एउटा स्यालोट्युवेल निर्माण गर्न रु एक लाखको खर्च लाग्ने गरेको उहाँको भनाइ छ । लालबन्दी नगरपालिकाको हिरापुरमा रु एक करोडको लागतमा डिपबोरिङ जडान शुरु भएको छ । त्यहाँको किसानकोे मागका आधारमा डिपबोरिङ जडान गर्न लागिएको खतिवडाले भन्नुभयो ।

    लालबन्दी तरकारी खेतीका लागि जोन भए पनि पानीको अभाव रहेकाले वर्षभरि खेतीका लागि डिपबोरिङ जडानले त्यहाँको किसानमा खुशी छाएको लालबन्दी नगरपालिकाका–११ का वडाध्यक्ष दीपक लामाले बताउनुभयो । यो कार्यालय अहिले प्रदेश नं २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पर्छ । सर्लाहीको दक्षिण पचिम क्षेत्रमा पनि सिँचाइको व्यवस्था नरहेकाले त्यहाँ पनि डिपबोरिङ र स्यालोट्युवले जडान गर्नुपर्ने वलरा नगरपालिका–४ का वडाध्यक्ष केशव झाको भनाइ छ । उपभोक्ता समिति बनाएर उक्त डिप र स्यालोट्युवेलको निर्माण हुनेछ । रासस 

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १६:४२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij