Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

फेरी एक भए जेरी र शंकर

फेरी एक भए जेरी र शंकर


  • 4.1K
    Shares

    फेरी एक भए जेरी र शंकर
    images

    काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् ।

    कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।

    ‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा हामी आएका छौं,’ छायांकन सेटमा भेटिएका शंकरले भने, ‘लामो समयपछि काम गर्यौँ । कामको हिसाबले रमाइलो भयो । गल्तीबाट सबैले सिक्नुपर्छ ।’

    व्यक्तिगत जीवन जे जस्तो भएपनि सांगीतिक सहकार्य हुने शंकरले बताए । ‘उहाँले अफर गर्नुभयो हामी काममा आयौं,’ उनले भने । पुनः मिल्न सक्ने सम्भावनाबारेका प्रश्न शंकरलार्ई सोधिएको थियो । उनले डिप्लोम्याटिक जवाफ दिंदै सांगीतिक सहकार्य चाहिं हुन सक्ने बताए । बच्चाको कारण बेलाबेलामा भेट भइरहने चाहिं उनले खुलाए । डिभोर्सपछि शंकर र जेरी निकै चर्चामा आएका थिए ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १२:००:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij