Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्रीबीच भेटवार्ता

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्रीबीच भेटवार्ता


  • 1.7K
    Shares

    योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्रीबीच भेटवार्ता
    images

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ । 

    सिंहदरबारस्थित आयोगको कार्यालयमा भएको भेटवार्तामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले नेपालप्रतिको सद्भावको लागि धन्यवाद दिनुहुँदै नेपालले पूर्वमन्त्री लीजस्तै लगानीकर्तालाई छिट्टै आह्वान गर्ने बताउनुभयो । 

    उपाध्यक्ष श्रेष्ठले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभए पनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा व्यक्त गर्नुभयो ।

    सो अवसरमा डा. कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियालगायत विश्वभरको लगानी नेपालमा ल्याउन सकिने बताउनुभयो ।

    कोरियाली सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक कार्य गर्नुभएका लिले देशको विकास हुन त्यहाँको बलियो र दुरदर्शीताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकसित राष्ट्र बनेको बताउनुभयो । 

    नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकास गर्न सक्ने उहाँले बताउनुभयो ।  हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसिएसनका अध्यक्ष समेत रहेका लिले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गर्नुभयो ।

    भेटघाटमा सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दिपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैङ्कका सञ्चालक दिनेश पौड्याललगायतकाे उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - ११:५७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij