Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

डिल्लीबजारको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, ४ जना पक्राउ

डिल्लीबजारको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, ४ जना पक्राउ


  • 1.8K
    Shares

    डिल्लीबजारको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, ४ जना पक्राउ
    images

    काठमाडौँ महानगरपालिका–३० स्थित डिल्लीबजारमा सञ्चालित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।

    कन्सल्टेन्सीबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको छ ।

    बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरिएको एसएसपी कार्कीले जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - ११:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij