Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

कैलालीमा विद्यार्थी चढेको जिप दुर्घटना: एकको मृत्यु, तीनजना घाइते

कैलालीमा विद्यार्थी चढेको जिप दुर्घटना: एकको मृत्यु, तीनजना घाइते


  • 1.5K
    Shares

    कैलालीमा विद्यार्थी चढेको जिप दुर्घटना: एकको मृत्यु, तीनजना घाइते
    images

    कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो।

    दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६  का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। 

    उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। 

    उनीहरुको उपचार भइरहेको  डिएसपी चन्दले जानकारी दिए। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १०:१६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij