Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणको बाटो खुल्यो

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणको बाटो खुल्यो


  • 1.9K
    Shares

    • images
    नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणको बाटो खुल्यो

    सर्वोच्च अदालतमा परेको नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणसम्बन्धी सबै मुद्दा खारेज भएको छ। 

    अधिवक्ता दिपक विक्रम मिश्रलगातले सर्वोच्चमा हालेको मुद्दा खारेज भएसँगै नयाँ स्टक, कमोडिटी एक्सचेन्ज र ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बाटो समेत खुल्ला भएको छ।

    न्यायाधीशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले फैसला गर्दै रिट खारेज गरिदिएको हो। यसअघि २३ गते यो रिटमा सुनुवाइ भए पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइ गर्दै सर्वोच्चले फैसला गरेको हो। 

    अधिवक्ता दिपक विक्रम मिश्रले धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १५:३४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij