Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

यस्तो छ रास्वपा सांसदले दुर्गा प्रसाईंसँग दुई करोड माग्दै गरेको ‘अडियो’

यस्तो छ रास्वपा सांसदले दुर्गा प्रसाईंसँग दुई करोड माग्दै गरेको ‘अडियो’


  • 3.1K
    Shares

    यस्तो छ रास्वपा सांसदले दुर्गा प्रसाईंसँग दुई करोड माग्दै गरेको ‘अडियो’
    images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । एक मिडियाको फेसबुक पेजबाट उक्त अडियो लिक गरिएको हो । 

    दुर्गा प्रसाईं र सांसद श्रेष्ठबीचको पौने ११ मिनेट लामो अडियो सार्वजनिक भएपछि अहिले रास्वपा र सासंद श्रेष्ठको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पार्टीले सांसद श्रेष्ठलाई निलम्बन समेत गरेको छ ।

    यस्तो छ लिक भएको अडियो:

    दुर्गा प्रसाईं  : नमस्ते के छ हालखबर ?

    ढाकाकुमार श्रेष्ठ  : ठीक छ सर । म भरखर भरखर उठेको ।

    दुर्गा प्रसाई : ए ए.. राति मेरो पनि फोन अफ गरेँ । फोन अफ भनेको मोबाइल चार्जमा राखेर सुतेँ । अनि नि । अब खास चाहिँ कुरा के हो ? मलाई अलिकति भन्नुस् त डक्टर साप ।

    ढाकाकुमार श्रेष्ठ  : स्वास्थ्य हामीले पाउने भयो । पार्टीले सहयोग गर भन्यो । कोर टीम छ दुई–तीन जनाको । उनीहरूले भनिरहेका छन् । मलाई साढे दुई जति चाहियो भन्दै थिए हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज मैले फिक्स गर्नु छ के दाइ, सर ।

    दुर्गा प्रसाईं  : ए ए..

     ढाकाकुमार श्रेष्ठ  : म आर्थिक रूपमा त्यस्तो छैन । मन्त्री पनि बन्नुपर्‍यो अब । धोइ पखाली गरी स्वास्थ्य क्षेत्र सफा गर्नु छ । मैले धेरै गर्छु भनेर सोच गरेको छु ।

    दुर्गा प्रसाईं  : हजुर

     ढाकाकुमार श्रेष्ठ  : त्यसमा हजुरहरूको सहयोग सपोर्ट गर्नुपर्‍यो भन्ने कुरा पनि हो क्या सरलाई ।

     दुर्गा प्रसाईं  : मैले तपाईलाई एउटा कुरा बुझ्न खोजेको । डक्टरपास मैले त राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर तोसिमा कार्की मात्र छिन भनेर मात्र बुझेको थिएँ त ।

     ढाकाकुमार श्रेष्ठ  : होइन । हामी तीन जना छौँ, सर तीन जना ।

     दुर्गा प्रसाईं  : को को हुनुहुन्छ ?

     ढाकाकुमार श्रेष्ठ  : म भएँ । तोसिमा भयो । अनि चन्दा कार्की ।

     दुर्गा प्रसाईं  : ए ए .. साँची चन्दा म्याम पनि हुनुहन्छ त है ।

     ढाकाकुमार श्रेष्ठ  : चन्दा हजुरले पनि चिन्नु हुन्छ होला ।

     दुर्गा प्रसाईं  : डक्टरपासको घर चाहिँ कहाँ हो ?

     ढाकाकुमार श्रेष्ठ  : मेरो पोखरा हो सर ।

     दुर्गा प्रसाईं  : ए ए ... । अनि तपाईले एमबीबीएस कहाँ गरेको तपाईले ?

     ढाकाकुमार श्रेष्ठ  : मैले चाइनामा ।

     दुर्गा प्रसाईं  : एए .. एमडी

     ढाकाकुमार श्रेष्ठ  : एमडी अहिले मैले गरेको छैन । एमएस मात्र हो ।

     दुर्गा प्रसाई  : ए.. एमएस चाहिँ ।

     ढाकाकुमार श्रेष्ठ   : पढ्ने भन्दा भन्दै पोलिटिक्सतिर लागेँ म ।

     दुर्गा प्रसाईं  : हेर्नुस है । यो स्वास्थ्यमा धेरै ठूलो समस्या छ हैन डाक्टर साप । अब देशमा भएका नर्सिङ कलेज बन्द भए । आज नर्स बढ्न पाउँदैनन् । मैले जहिले भनेको छु । दुबईका डान्सबारमा हाम्रा चेलिहरु गर्नु पठाउनु भन्दा नर्स पठाउँ । हो कि होइन ?

     ढाकाकुमार श्रेष्ठ  : होन् त हो नि ।

     दुर्गा प्रसाई  : डक्टर उत्पादन गरौं । बरु सय वटा मेडिकल कलेन खोलौं । हो कि होइन भन्नु त ? विदेशबाट, इनडियाबाट विद्यार्थी ल्याऊ, तीन सय– चार सय पढाऊ । हस्पिटल फिरी गरौं । कति राम्रो कुरा गरेको मैले ।

     ढाकाकुमार श्रेष्ठ  : हो नि ।

     दुर्गा प्रसाईं  : डाक्टरसाप । हजुरको नाम ढक बहादुर के हो ?

     ढाकाकुमार श्रेष्ठ  : ढाकाकुमार श्रेष्ठ ।

     दुर्गा प्रसाईं  : ए ढाकाकुमार श्रेष्ठ । आच्छा । मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अघि बढौला । अनि फेरि तपाईसँग एउटा कुरा भन्न खोजेको । मुकुलले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।

     ढाकाकुमार श्रेष्ठ  : स्वास्थ्य, शिक्षा । मुकुलजीलाई त्यति थाहा छैन । आन्तरिक कुरा हो । मुकुल पनि त्यो कोर टीममा हुनुहुन्न । बाहिर उहाँ महामन्त्री नै हो । अब हजुरलाई साँचो कुरा गर्दा त्यहाँ दुई तीन जना छुट्टै हुनुहुन्छ के । पार्टीलाई धेरै सहयोग गर्ने, सुरुदेखि नै सहयोग गर्ने, रवि सरलाई सहयोग गर्ने, त्यो टीमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स गर्नुपर्छ पैसा । उदारो हुन्न भन्छन् फेरि ।

    दुर्गा प्रसाईं  : क्यास पैसा चाहिन्छ । क्यास दुई करोड ।

    ढाकाकुमार श्रेष्ठ  : अँ दुई । साढे दुई भनेको छ । मैले अहिले एक दिएँ भने पनि मान्छन् होला । चेक दिए पनि मान्छन् ।

    दुर्गा प्रसाईं  : आज बन्द छ । सुन्नुस् कुरा । फेरि बैंकमा ९ लाख ९९ सय हजार भन्दामाथिको चेक साँटिँदैन । सुन्नस् कुरो । क्लिएर कुरा ।

    ढाकाकुमार श्रेष्ठ  : त्यही त ।

    दुर्गा प्रसाईं  : अब  एउटा टाइम राखेर गर्ने हो भने म दिन्छु । म सहयोग गर्छु तपाईले भनिहाल्नु भयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईले ।

    ढाकाकुमार श्रेष्ठ  : त्यो त मैले गर्छु । मलाई त यो  गोविन्द केसी देखेर दिक्क लागेको छ । कुन दिन मर्ला जस्तो लाग्छ । म देशमा एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो ।

    दुर्गा प्रसाईं  : मैले मेरो छोरीलाई एमडी पढ्न जापान पठाउनुपर्‍यो । तीन करोड लाग्यो एमडी गर्नका लागि ।

    ढाकाकुमार श्रेष्ठ  : त्यही त । यो सबै बेथिती छ ।

    दुर्गा प्रसाईं :  म त मरेको छु । मेरो मेडिकल कलेज हेर्नु त रु सबै भौतिक पूर्वाधार पुगेको काठमाडौंबाहिर मेचीमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नु त म त मर्नमात्र बाँकी छु ।

    ढाकाकुमार श्रेष्ठ : त्यही त यसलाई हटाउनु पर्छ । यो पनि समस्या समाधान गर्नुपर्छ ।

    दुर्गा प्रसाईं : शिक्षा कसले लिन्छ भाइ रु

    ढाकाकुमार श्रेष्ठ : यहाँ फोन आएको रहेछ । हजुर सर ।

    दुर्गा प्रसाईं : शिक्षा कसले लिने भयो डाक्टर साप रु शिक्षा हामीलाई परेन जस्तो छ सर । शिक्षा हजुरबुबाले राख्यो होला । योपालि मलाई पनि एफिलेसन दिनुपर्ने छ हजुरबुबाले । काठमाडौँ युनिभर्सिटीले तपाईंका एफिलेसन दिएको छ । सिटमात्र दिएको छैन । त्यो गिरी नारायणकाजीको मान्छे हो । पैसा उठाएर नारायणकाजीलाई दिने मान्छे हो । ल यसो गर्नुहोस् न त ।

    ढाकाकुमार श्रेष्ठ : हजुर निश्चिन्त हुनुहोस् । मिलेर काम गर्नुपर्छ । तपाईं र म ।

    दुर्गा प्रसाईं : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौँ आउँछु । तपाईं र म भेटौँला । म गर्छु के । तपाईंले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक(भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।

    ढाकाकुमार श्रेष्ठ : त्यही त समस्या छ त ।

    दुर्गा प्रसाईं : हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।

    ढाकाकुमार श्रेष्ठ : तपाईंलाई पनि गाह्रो छ । विचरा ।

    दुर्गा प्रसाईं : गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।

    ढाकाकुमार श्रेष्ठ : बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।

    दुर्गा प्रसाईं : बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले दुई करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि(पर्सि रविलाई त दिने होला रु

    ढाकाकुमार श्रेष्ठ : अँ, मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नु भएको छैन । बाहिरका दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।

    दुर्गा प्रसाईं : यी सबै कमाउने त हुन भाइ ।

    ढाकाकुमार श्रेष्ठ : पार्टीमा जान्छ कि जाँदैन मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।

    दुर्गा प्रसाईं : ल सर ठीकै छ । म एक–दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।

    ढाकाकुमार श्रेष्ठ : म त्यही कुरा गर्छु । हजुर भोलि आउनु हुन्छ ?

    दुर्गा प्रसाईं : हजुरबुबा (केपी ओली) आउने भएर बसेको हुँ । भोलि आउँछु  । है डाक्टर साप ।  

    ढाकाकुमार श्रेष्ठ : हस् हस् ।

    दुर्गा प्रसाईं : हस । तपाईंलाई मैले दुई करोड दिन्छु । तपाईंलाई सजिलो बाटो देखाइदिन्छु ।

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १४:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij