Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बढुवा भएका ४ एआईजीलाई दर्ज्यनी चिह्न प्रदान, निष्ठापूर्वक काम गर्न कुँवरको निर्देशन

बढुवा भएका ४ एआईजीलाई दर्ज्यनी चिह्न प्रदान, निष्ठापूर्वक काम गर्न कुँवरको निर्देशन


  • 1.9K
    Shares

    • images
    बढुवा भएका ४ एआईजीलाई दर्ज्यनी चिह्न प्रदान, निष्ठापूर्वक काम गर्न कुँवरको निर्देशन

    डीआईजीबाट एआईजीमा बढुवा भएका ४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच एआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

    बढुवा भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै आईजी कुँवरले निष्ठापूर्वक कर्म क्षेत्रमा खटिन निर्देशन दिएका छन्।

    कुँवरले भने, ‘सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन्। तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनन्दिन कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु।’ 

    प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए। 

    बढुवा भएका एआईजी भण्डारीको मानव स्रोत विभाग, गिरीको प्रदेश समन्वय विभाग, चौधरीको कार्य विभाग र तामाङको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ।

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १३:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij