Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


  • 1.9K
    Shares

    • images
    एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
    images
    एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज चैत २४ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिनुपर्नेछ । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
     
    बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

    बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ । एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५% – २०८९÷९०’ जारी गरेको हो । यसमा वार्षिक १०.७५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । 

    बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
     

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १३:१६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij