Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

पाँच सहसचिवको सरुवा, को कहाँ पुगे ?

पाँच सहसचिवको सरुवा, को कहाँ पुगे ?


  • 2.3K
    Shares

    पाँच सहसचिवको सरुवा, को कहाँ पुगे ?
    images

    सरकारले पाँचजना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले सहसचिवहरू भूपाल सिंह बराल, उत्तर खत्री, बाबुराम सुवेदी, सुमन दाहाल र झंक आचार्यको सरुवा गरेको हो ।

    सहसचिव त्रय बराल, खत्री र सुवेदीलाई अर्थ मन्त्रालय पठाइएको छ । यसअघि बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । खत्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए भने सुवेदी राष्ट्रिय योजना आयोगमा थिए ।

    त्यस्तै अर्थ मन्त्रालयमा रहेका दाहाललाई योजना आयोग पठाइएको छ भने आचार्यलाई श्रम मन्त्रालय सरुवा गरिएको छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - ११:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij