२०८२ मंसिर २ गते मंगलवार
गोरखा बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाइन निर्माणको तयारी गरिएको छ । बुढीगण्डकीमा क्षेत्रमा पिपिए भैसकेका र पिपिए हुने लाइनमा रहेका हाईड्रो व्यवसायीहरुको बिहीवारको भेलाले सो क्षेत्रमा तत्काल १३२ केभिए प्रसारण लाइनको खाँचो औंल्याएको हो ।
सो क्षेत्रमा बन्ने तयारीमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाटभन्दा बढिका आयोजनाहरू रहेको र सबै आयोजनाहरूमा कन्ट्रकसन पावरको समस्याले अन्योलता कायम रहेका बेला व्यवसायीहरुले सो कुरा औंल्याएका हुन् । व्यवसायीहरुले बुढी गण्डकी करिडोर आयोजना सञ्चालकहरूको समूह समेत निर्माण गरेका छन् ।
आयोजनाका सञ्चालकहरूले बिहीवारै उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री शक्त्तिबहादुर बस्नेतसँग भेट गरी बुढी गण्डकी करिडोरमा ट्रान्समिसन लाइनको समस्या हल हुने गरी काम हुनुपर्नेमा जोड दिएका छन् । मन्त्रीसँगको भेटामा उनीहरुले त्यस क्षेत्रमा तत्काल साना ठुला गरि १०० मेगावाटभन्दा बढी हाईड्रोपावरले काम थाल्न सक्ने अवस्था रहेको जानाकारी गराएका छन् ।
भेटमा युवा व्यवसायी कृष्ण घिमिरे र सरोज धिताल सहित अन्य व्यवसायीहरूले सो क्षेत्रमा ट्रान्समिसन लाइन नै लाइफ लाइन रहेकोले ट्रान्समिसन लाइन बन्नु भनेको हाइड्रो पावरको क्षेत्रमा क्रान्ति नै शुरू हुने बताए । घिमिरे र धितालले उक्त क्षेत्रमा ४.५५ मेगावाटको आयोजना सम्पन्न गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij