Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नेपाल र चीन कुटनीतिक परामर्श संयन्त्रको १५औं बैठक आज

नेपाल र चीन कुटनीतिक परामर्श संयन्त्रको १५औं बैठक आज


  • 1.6K
    Shares

    नेपाल र चीन कुटनीतिक परामर्श संयन्त्रको १५औं बैठक आज
    images

    नेपाल र चीनबीचको कुटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक आज बेइजिङमा हुदैछ। अघिल्लो वर्ष भर्चुअल माध्यमबाट भएको बैठक यो वर्ष भौतिक उपस्थितीमै हुन लागेको हो।

    बैठकमा नेपाली टोलीले परराष्ट्र सचिव भरतराज पौड्याल उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर र नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहितका पदाधिकारी सहभागी हुने छन्। त्यस्तै, चिनियाँ टोलीको नेतृत्व उप विदेशमन्त्री सन वेइडोंन्गले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    सन् २०२२ को मे महिनामा भएको संयन्त्रको १४ औं बैठकमा कोरोना महामारीपछिको सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न दुई देशबीच रहेका संयन्क्रहरु त्रियाशील गराउने सहमति भएको थियो। यस पटकको बैठकमा अघिल्लो निर्णय र समझदारी कार्यन्वयनबारे समिक्षा हुने बताइएको छ।

    नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यान्वयनमा काठमाडौंबाट भैरहेको ढिलाईको पृष्ठभुमिमा फेरी एक पटक संयन्त्रको बैठकमा छलफल हुने जनाइएको छ। 

    चिनिया पक्षले बीआरआइ कार्यान्वयन सम्झौतमा हस्ताक्षर गर्नका नेपाललाई आग्रह गरेको थियो। तर नेपालले अनुदान, सहुलियत ऋण र लगानीलाई मात्र स्वीकार गर्ने तर कमर्सियल ऋण स्विकार नगर्ने बताएपछि चिनिया विदेशमन्त्री वांङ्ग यीको भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुन सकेको छैन।

    संयन्त्रको बैठकमा ब्यापार र आयात सहज बनाउने सम्बन्धमा भएका सहमतीबारे पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १०:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij