Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?


  • 2.1K
    Shares

    • images
    सुनको मूल्य प्रतितोला ८ सय  रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

    काठमाडौँ । अघिल्लो दिनको तुलनामा बुधवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेकाे छ । मङ्गलवार हालसम्मकै उच्च मूल्य कायम हुँदै छापावाला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । आज ८ सय रुपैयाँले घट्दै सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा झरेको हो । 

    यस्तै यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दैगर्दा यता चाँदीको मूल्य स्थिर रहेको थियो ।

    प्रकाशित मिति :चैत्र २३ २०७९ बिहिवार - ११:३०:२१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij