Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भागरथी हत्या प्रकरण : पक्राउ परे दिनेश भट्ट, आरोपितलाई म्याद थप गर्न आजै जिल्ला अदालत लगिने

भागरथी हत्या प्रकरण : पक्राउ परे दिनेश भट्ट, आरोपितलाई म्याद थप गर्न आजै जिल्ला अदालत लगिने


  • 7.7K
    Shares

    भागरथी हत्या प्रकरण : पक्राउ परे दिनेश भट्ट, आरोपितलाई म्याद थप गर्न आजै जिल्ला अदालत लगिने

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।

    थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार भट्टले पारिवारिक रिसइबीका कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

    प्रहरीले आज २ बजे भट्टलाई सार्वजनिक गर्दै छ । नातामा भाइ पर्ने दिनेशले आफू एक्लैले हत्या गरेको बताएको एसएसपी सिंहले जानकारी दिए ।

    २१ माघ २०७७ मा विद्यालयबाट घर फर्कर्दै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १२:४५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij