Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ट्रकको ठक्करबाट हरिणको मृत्यु

ट्रकको ठक्करबाट हरिणको मृत्यु


  • 6.5K
    Shares

    ट्रकको ठक्करबाट हरिणको मृत्यु

    पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना६ख १४६० नंको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिण मरेको हो ।

    घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १२:३२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij