Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी निर्विरोध चुनिए

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी निर्विरोध चुनिए


  • 2.0K
    Shares

    • images
    उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी निर्विरोध चुनिए

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल के.सी निर्विरोध चुनिएका छन्। द्विराष्ट्रिय उद्योग वाणिज्यसंघको तर्फबाट केसीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। 

    दाङका केसी नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्ष रहेका छन्। उनी ३ वर्षे कार्यकालका लागि महासंघमा सदस्य निर्वाचित भएका छन्।

    केसी एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए)का संस्थापक समेत रहेका छन्। केसी व्यवसायीका साथै अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धका जानकार हुन्। 

    लामो समयदेखि आर्थिक कूटनीतिको क्षेत्रमा सक्रिय केसी काठमाडौंस्थित एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) मा संस्थापक प्रमुखको रुपमा समेत नेपाल तथा अन्तर्राष्ट्रिय कूटनीतिको क्षेत्रमा क्रियाशील चिरपरिचित व्यक्ति हुन्।

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - ११:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij