Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पत्रकार महासंघको २६औं महाधिवेशन आजदेखि, एक महिना पछि चुनाव

पत्रकार महासंघको २६औं महाधिवेशन आजदेखि, एक महिना पछि चुनाव


  • 6.5K
    Shares

    पत्रकार महासंघको २६औं महाधिवेशन आजदेखि, एक महिना पछि चुनाव

    काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

    ‘प्रेस स्वतन्त्रताको आधार स् सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरे ।

    खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको सचिव उदय जीएमले जानकारी दिए ।

    विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १२:१२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij