Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन

सिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन


  • 6.7K
    Shares

    सिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन
    images

    सिरहा ।  सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । 

    निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको  संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिनुभयो ।

    क्लिङ्कर उत्पादन शुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उहाँले बताउनुभयो । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ ।

    सो उद्योगबाट ओपिसी, पिपीसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ ।

    उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - ११:५४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij