Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

उपनिर्वाचनका लागि चैत २० मा उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि चैत २० मा उम्मेदवारी दर्ता


  • 1.7K
    Shares

    उपनिर्वाचनका लागि चैत २० मा उम्मेदवारी दर्ता
    images

    तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

    आयोगले शुक्रबार सार्वजनिक गरेको कार्यक्रमअनुसार, चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। तनहुँ-१, बारा-२ र चितवन-२ मा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ।

    त्यस्तै, चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी लिइने भएको छ भने चैत २२ गते उजुरीमाथि छानबिन हुने भएको छ। त्यहि साँझ आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।

    आयोगले उम्मेदवारी फिर्ता लिनका लागि चैत २३ गतेको बिहान ९ देखि मध्याह्न १ बजेसम्म समय दिएको छ। त्यहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने भएको छ। तीनै क्षेत्रमा वैशाख १० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १३:४५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij