२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसले आठमध्ये चार मन्त्रालय टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चारमन्त्रीको नाम टुंगो लगाएका हुन् ।
देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा पार्टीबाट नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयमा पठाएका छन् । यस्तै, रमेश रिजाललाई परराष्ट्र मन्त्रालयमा पठाउने देउवाले निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महत निश्चित भएका छन् । स्रोतका अनुसार सीता गुरुङले सहरी विकास मन्त्रालय पाउने भएकी छन् ।
शेखर समूहले भने मन्त्रालयमा नाम पठाएको छैन । सम्मानजनक भाग नपाएको भन्दै समूहले नाम नपठाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij