Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नेपाली बजारमा भित्रियाे हुन्डाई क्रेटाकाे नाइट एडिसन, कति पर्छ मूल्य ?

नेपाली बजारमा भित्रियाे हुन्डाई क्रेटाकाे नाइट एडिसन, कति पर्छ मूल्य ?


  • 2.2K
    Shares

    नेपाली बजारमा भित्रियाे हुन्डाई क्रेटाकाे नाइट एडिसन, कति पर्छ मूल्य ?
    images

    कोरियाली कार निर्माता कम्पनी हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको नयाँ एडिसन नेपाली बजारमा पनि भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको नाइट एडिसन बजारमा उपलब्ध गराएको हो ।

    एस प्लस भेरिएन्टको सो गाडीको धेरै भागमा रेड इन्सर्ट सहितको ब्ल्याक फिनिस उपलब्ध छ । साथै रेड क्यालिपरसहितको ब्ल्याक फिनिस अलोय ह्विल दिइएको छ ।

    यसले ग्राहकको ‘बोल्ड’ र ‘स्पोर्टी’ डिजाइनको चाहना पूरा गर्ने कम्पनीको दाबी छ। गाडीको इन्टेरियर पनि रेड इन्सर्ट सहितको फुल ब्ल्याक कलरमा उपलब्ध छ । 

    यस भेरिएन्फ्रटमा न्ट तथा साइड कर्टेन एयरब्याग, रियर डिस्क ब्रेक, स्मार्ट पानोरामिक सनरुफ, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका विभिन्न फिचरसमेत उपलब्ध छन् । 

    हाल सो गाडीको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १३:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij