२०८२ मंसिर २ गते मंगलवार
काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो ।
पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको बताए ।
‘आज पीडितले अघि सारेका मागबारे छलफल भयो, सरकारी टोलीले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेपछि पुन शनिवार बस्ने गरी आजको छलफल सकिएको छ’, यादवको भनाइ छ । पीडितसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij