Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सत्ता गठबन्धनका सबै दलले प्रधानमन्त्री प्रचण्डलाई बुझाए मन्त्रीको सूची

सत्ता गठबन्धनका सबै दलले प्रधानमन्त्री प्रचण्डलाई बुझाए मन्त्रीको सूची


  • 1.7K
    Shares

    सत्ता गठबन्धनका सबै दलले प्रधानमन्त्री प्रचण्डलाई बुझाए मन्त्रीको सूची
    images

    सत्ता गठबन्धनका ९ वटै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री हुनेहरूको सूची बुझाएका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सबै मन्त्रीहरुको सूची पुगेको हो। 

    कांग्रेससहितका केही दलले मन्त्रीहरुको सूची नबुझाउँदा बिहीबार नै क्याबिनेट विस्तारको सम्भावना टरेको थियो। तर बिहीबार बिहान सूची आएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर परामर्श गरिसकेका छन्।

    प्रधानमन्त्रीले राष्ट्रपति भेटेपछि शीतल निवासले शुक्रबार दिउँसो ३ बजे शपथ गराउने गरी तयारी थालेको छ। सत्ता गठबन्धनबाट कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले एक-एक मन्त्रालयमा सहमति जुटाइसकेका छन्। 

    उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो। 

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - ११:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij