Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नेपाल लाइफको नयाँ क्यालेन्डर सार्वजनिक

नेपाल लाइफको नयाँ क्यालेन्डर सार्वजनिक


  • 1.5K
    Shares

    नेपाल लाइफको नयाँ क्यालेन्डर सार्वजनिक
    images

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । 

    क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको कम्पनीले जनाएको छ । ‘किनकि जीवन अमूल्य’ छ भन्ने नाराका साथ कम्पनीले २२ वर्षदेखि नेपालीहरूको घरदैलोमा जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको जनाएको छ । पुस मसान्तसम्ममा कम्पनीको लगानी एक खर्ब ५६ अर्ब रुपैयाँ, जीवन बिमा कोष एक खर्व ५० अर्ब रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।

    कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको जनाएको छ । हालसम्ममा २१ वटा बिमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बिमालेख जारी गरिसकेको जनाइएको छ । 

    हाल कम्पनीले देशभरमा आठ प्रादेशिक कार्यालय र एक सय ८४ शाखा तथा उपशाखाहरूमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १०:५०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij