Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कांग्रेसबाट सरकारमा को-को जाँदैछन् ? नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे !

कांग्रेसबाट सरकारमा को-को जाँदैछन् ? नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे !


  • 1.7K
    Shares

    कांग्रेसबाट सरकारमा को-को जाँदैछन् ? नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे !

    आफ्नो तर्फबाट कस कसलाई सरकारमा पठाउने भन्ने फाइनल गर्न नेपाली कांग्रेसको बैठक जारी छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा फाइनल नाम तय गर्न बैठक जारी रहेको देउवा सचिवालयले जनाएको छ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाँदैछ। उपप्रधानसहित नेतृत्वमा जान लागेका खड्काले कुन मन्त्रालय पाउने बारे टुंगो लागिसकेको छैन। अर्थ मन्त्रालय दाबी गरे पनि प्रवक्ता डा प्रकाशशरण महत यस मन्त्रालयमा जाने भएपछि खड्का असन्तुष्ट छन्।

    कांग्रेस स्रोतका अनुसार खड्काको संयोजकत्वमा अर्का उपसभापति धनराज गुरुङ पनि मन्त्रिपरिषदमा सहभागी हुनेछन्।

    एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बु, डा प्रकाशशरण महत, रमेश रिजाल र मोहन बस्नेतको नाम पनि मन्त्रीमा टुंगो लागेको कांग्रेस स्रोतको दाबी छ। सीता प्रत्यक्षमा निर्वाचित कांग्रेसको एकमात्र महिला सांसद हुन्।

    कांग्रेसबाट दीपक खड्काले पनि मन्त्रीमा दाबी भने यथावत राखेको निकट स्रोत बताउँछ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ बजेसम्ममा फाइनल नाम बुझाउन दलहरुलाई आग्रह गरिसकेका छन्। नयाँ मन्त्रीहरुको शपथ ३ बजेका लागि तय भएको राष्ट्रपतिको कार्यालयले जनायो। 'हामीलाई ३ बजेको खबर आएको छ,' राष्ट्रपति कार्यालय स्रोतले जनायो।

     


    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १०:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij