Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

टुंगियो नेकपा एस, जसपा र लोसपाको मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

टुंगियो नेकपा एस, जसपा र लोसपाको मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?


  • 1.7K
    Shares

    टुंगियो नेकपा एस, जसपा र लोसपाको मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज केही मन्त्री थप्दैछन् । गठबन्धनका दलसँग उनले मन्त्रीको नाम एक बजेसम्म मागेका छन् । आजै दिउँसो ३ बजे थपिएका मन्त्रीको शपथ गराउने गरी गृहकार्य थालिएको छ ।

    गठबन्धनका दलहरूले यसअघि मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन् । सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।

    यद्यपि केही दललाई मन्त्रालय बाँडफाँटको विषय अझै केही टुंगिन बाँकी हुँदा मन्त्रिमण्डल विस्तारमा विलम्ब भएको बताइएको छ ।

    कांग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ८ जना मन्त्री बन्नेछन् ।

    २ मन्त्रालय पाएको नेकपा एसबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएको छ । यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ ।

    लोसपाका शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताए कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उनको भनाई छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - १०:१९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij