२०८२ मंसिर २ गते मंगलवार
गोरखाको भीमसेनथापा गाउँपालिका–१, निवेलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको प्रहरीचौकी घ्याम्पेसालले जनाएको छ ।
प्रहरीका अनुसार गए राति करिब ११ बजे भे६प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij