Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

सत्तारुढ गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी


  • 1.7K
    Shares

    सत्तारुढ गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
    images

    सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्न लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएको केही बेरमै बैठक बस्न लागेको हो। 

    आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले आज दिउँसो बालुजाटामार दलहरुलाई मन्त्रीहरुको नामसहित उपस्थित हुन भनेका थिए। 

    आज बिहान चितवन जानुअघि सत्तारुढ दलहरुका शीर्ष नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। बुधबार साँझ नै मन्त्रालयको भागबण्डा टुंग्याएका दलहरुले बिहानैदेखि मन्त्रीको नाम छान्न थालेका छन्। 

    कांग्रेस कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ भने जसपाले संसदीय दलको बैठक बोलाएको छ। एकीकृत समाजवादीले भने बुधबार नै सचिवालय बैठकमार्फत् मन्त्रीको नाम छनोट गरिसकेको छ। 

    केही बेरमा बस्ने सत्ता गठबन्धनको बैठकमा दलहरुले मन्त्रीको नाम दिनुका साथै सरकारको न्यूनतम साझा कार्यक्रम पनि पारित गर्ने तयारी छ। 

    दलहरुले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री प्रचण्डले आझै साँझ मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्। मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसले ८, माआवादीको ५, एकीकृत समाजवादी र जसपाको २/२ र अन्य साना पार्टीहरुको एक/एक मन्त्री पाउने सहमति भएको छ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १५:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij